लिमचुङबुङ–हलेसी केबलकार जोड्न सम्भाव्यता अध्ययन सुरु

Prabhu Bank

काठमाण्डौ । पुर्वको पशुपतिको रुपमा परिचित खोटाङको त्रि–धार्मिक तीर्थस्थल हलेसीसम्म उदयपुरको लिमचुङबुङ गाउँपालिकादेखि केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । उदयपुरकै सबै भन्दा अग्लो ठाउँ लिम्चुङबुङ गाउँपालिका– ३ को भैयचुङ डाँडा (प्रस्तावित एभरेष्ट भ्यु टप) देखि हलेसी–तुवाचुङ नगरपालिकाको हलेसी धामसम्म ‘अफरोड’ आउजाउ सहज गर्न केबलकारको अबधारणा अघि सार्दै सम्भाव्यता अध्ययन गरिएको हो ।

Saftey Pads

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले काठमाडौंदेखि आएको केबलकारबारे विज्ञ टोलीले अध्ययन थालेको जानकारी दिए । उनका अनुसार हलेसी महादेव केबलकार प्रा.लि. काठमाडौंका इन्जिनियर मिलन अधिकारी नेतृत्वको प्राविधिक टोलीले भैयचुङदेखि हलेसीसम्म स्थलगत अवलोकन गरेर अध्ययन थालेका छन् । केबलकार सञ्चालनबारे स्थानीय जनप्रतिनिधि, सरोकारवाला व्यक्ति र निकायसँग सामुहिक छलफल गरेपछि टोली स्थलगत अनुगमन अध्ययनमा निस्केको अध्यक्ष राईको भनाई रहेको छ ।

टोलीले जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणाली मार्फत र स्थलगत अनुगमन दुवै मार्फत अध्ययन गरि रहेको छ । प्रारम्भिक अध्ययनले टोलीलाई उत्साहित बनाएको र केबलकार सञ्चालन गर्न सकिने देखाएको टोलीलाई उद्धृत गर्दै अध्यक्ष राईको टिप्पणी रहेको छ । टोलीले गरेको गुगल र फिजिकल अध्ययनमा भ्युटपदेखि हलेसीसम्म केबलकार लैजान सम्भव देखिएको छ’ टोलीसँगै रहेका अध्यक्ष राईले भने ‘अब टेक्नीकल पाटोबाट सर्भे गर्ने कुरा अघि बढाउने बारे छलफल सुरु भएको छ ।

अन्य सम्बन्धित समाचार:  तातोपानी नाका पुन: सञ्चालनमा

टोलीका इन्जिनियर अधिकारीले प्रारम्भिक अध्ययनले केबलकार सञ्चालन गर्न फिजिबल देखिएको बताए । उनका अनुसार अध्ययनले काठमाडौंको चन्द्रागिरीमा भन्दा हलेसीमा सहजै केबलकार सञ्चालन गर्न सकिने देखाएको छ । लागतको हिसाबले केही महँगो हुन सक्ने देखिए पनि योजना फिजिबल देखिएको अधिकारीले बताए । काठमाडौं फर्केर अध्ययनको नतिजा प्रशोधन गरेपछि यथार्थ लागत र दूरी पत्ता लाग्ने उनको भनाई रहेको छ ।

लिम्चुङबुङले भैयचुङ डाँडामा महत्वाकांक्षी ‘एभरेष्ट भ्युटावर’ योजना अघि बढाएको छ । समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाईको सो ठाउँमा ७२ फिट उचाईको कलात्मक र आकर्षक भ्यु टावर बनाएर सगरमाथा लगायत ८ वटै हिमश्रृखलाको दृष्याबलोकन गराउने योजना गाउँपालिकाले अघि सारेको छ । गत आर्थिक वर्ष प्रारम्भिक सर्भेक्षण गरेर चालु आ.व. विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गरिएको भ्यु टावर योजना निर्माणको काम सुरु भई सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईको भनाई रहेको छ ।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्

कच्ची सडकले जोडिएका भ्यु टावर स्थलदेखि हलेसीसम्मको सडक दूरी ३५ किलोमिटर छ । भ्यु टावर निर्माणस्थल भैयचुङदेखि हलेसीसम्मको यो दूरी पार गर्न अहिले साढे ३÷४ घण्टा लाग्ने गरेको छ । केबलकार जडान भएमा यो दूरी १५ मिनेटमा पार गर्न सकिने अनुमान गरिएको छ । केबलकार जडान गर्न सके सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाली, सिन्धुली लगायत भारतका भक्तजनलाई समेत उदयपुरको सदरमुकाम गाईघाट हुँदै भ्यु टप पुगेर हलेसी दर्शन गर्न सहज हुने भएकाले त्रि–धार्मिक स्थलको बिकास र पर्यटन प्रबद्र्धन गर्न केबलकारको योजना दुवै स्थानीय तहको रहेको छ ।

Maruti Cement