प्रज्ञा प्रतिष्ठानले ६२ औं वार्षिकोत्सव मनायो

Prabhu Bank

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६२औं वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । सात दिनसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरेर मनाएको हो ।

Saftey Pads

कविता महोत्सव उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रज्ञा प्रतिष्ठानले अझै गतिशील हुनुपर्ने विचार व्यक्त गरे । पोखरेलले जीवन र मृत्यु शीर्षकका दुई कविता पनि वाचन गरे ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, कवि बैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, काव्य विभागका प्रमुख डा. हेमनाथ पौडेललगायतले बोले ।

यसपटक कविता महोत्सवका लागि तीन सयभन्दा बढी कविता प्राप्त भएकोमा ३१ वटा कविता प्रतियोगिताका लागि छनौट भएका छन् । प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि प्रतिष्ठानको स्थापना भएको दिन असार ९ गते वर्षेनी राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ ।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच
Maruti Cement