समता अस्पताल प्रकरणः ‘लिखत परीक्षण’को रिपोर्ट आउन एक साता लाग्ने

Prabhu Bank

काठमाडौं । बौद्धको समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएकी विमला तामाङको गोजीमा भेटिएको ‘चिट’को परीक्षण रिपोर्ट आउन एक साता लाग्न सक्ने काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अस्पतालभित्र ३ असारमा मृत भेटिएकी विमलाको गोजीमा तीन जना कर्मचारी नाम लेखिएको कागज भेटिएको थियो । जसमा नामको पहिलो शब्द मात्र थियो भने तेस्रो नाम म्याम उल्लेख गर्दै समात्नू भन्ने उल्लेख थियो ।

Saftey Pads

काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘हामीले त्यो चिट्मा भएको अक्षर विमलाकै होरहोइन भन्ने प्रमाणित गर्न प्रयोगशालामा पठाएका छौं ।’ नतिजा आउन एक हप्तासम्म लाग्न सक्ने उनले बताए ।
सामाखुशीमा रहेका केन्द्रीय विधि विज्ञान प्रयोगशालामा विवादित लिखतको परीक्षण गरिन्छ । ‘यो चाहिँ अलि महत्व दिइएको घटना भएकाले जति सक्दो चाँडो रिपोर्ट दिन भनेका छौं’, बोगटीले भने ।

अन्य सम्बन्धित समाचार:  गोरखा दरबारबाट हनुमानढोकाका लागि पठाइयो फूलपाती

‘हामीले विमलाको अंग्रेजी अक्षरको केही अंश भेटेका थियौं । त्यो र बरामद चिट्को अक्षरलाई जुधाएर परीक्षण गर्न लागिएको हो’, डीएसपी बोगटीले अनलाइनखबरसँग भने, ‘हामीले सामान्य रुपमा हेर्दा चाहिँ अक्षर उस्तै देखिन्छ । तर, वैज्ञानिक परीक्षणपछि मात्रै एकिन हुन्छ ।’ अनुसन्धान अधिकृतका अनुसार विमलाले ५ वर्षीय छोरालाई विद्यालयमा भर्ना गराउँदाको अक्षरलाई परीक्षणका लागि प्रहरीले लगेको थियो ।

कर्तव्य ज्यान मुद्दा
आफन्तको निरन्तर प्रदर्शनपछि प्रहरीले सञ्चालक उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेको छ । पीडितको जाहेरी लिन आनाकानी गरिरहेको प्रहरीले शुक्रबार ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेको हो ।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच

पहिले आवश्यक प्रमाण नपुगेको भन्दै उनीहरुलाई अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम रिपोर्टले भने विमलाको झुण्डिएकै कारण मृत्यु भएको उल्लेख गरेको छ ।

Maruti Cement