चिकित्सकको लापरवाहीले महिलाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको चिकित्सकको लापरवाहीका कारण सोमबार मृत्यु भएको हो ।

Saftey Pads

शनिबार प्रतिष्ठानको आकष्मिक कक्षमा भर्ना गरिएको साढुको आइतबार दिँउसोसम्म स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको थियो । राति १ बजेबाट साढुको पिसाब रोकिएर छटपटाउन थालेको मृतकका श्रीमान टिकाराम साढुले बताए । ‘आइतबार दिँउसोसम्म उनी धेरै तंग्रिएकी थिइन । राति १ बजेबाट पिसाब रोकिएर छटपटाउन थालिन । ’ उनले भने ‘हामीले नर्सहरुलाई डाक्टर बोलाइदिन आग्रह गर्यौ । तर कोही पनि आएन । बिहान ८ बजे उनको मृत्यु भयो । ’

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिम सरकारले कोरोनाका बिरामीको नि:शुल्क उपचार गर्ने

मृतकको शव अस्पतालको जनरल वार्डबाट उठाइएको छैन् । अस्पतालले मृतकका आफन्तलाई मृत्युको कारणबारे खुलाएको छैन् । यता प्रतिष्ठानका फिजिसियन डा. जितनारायण यादवले आइतबार दिँउसोसम्म बिरामीमा सुधार हुँदै गएको र साँझ आफ्नो डयुटी नभएका कारण मृत्युबारे आफुले केही भन्न नसक्ने बताए । उनले भने, ‘अत्याधिक पखालाका कारण कहिलकाँही यस्तो हुन्छ । मैले हिजो दिँउसोसम्म उहाँलाई हेर्दा सुधार हुँदै थियो । सोमबार बिहान उनको मृत्यु भएछ । यसबारे मलाई थप जानकारी छैन । घटनापछि प्रतिष्ठान परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । मृत्युलाई लिएर कुनै किसिमको आन्दोलन गर्न नदिने प्रहरीले जनाएको छ ।

Maruti Cement