सुरुङमार्ग निर्माण सरकारको विशेष प्राथमिकतामाः मन्त्री महासेठ

Prabhu Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् । मन्त्री महासेठले.प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरूबाट आएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

Saftey Pads

उनले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकतामा राखी अध्ययनका लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । विकास र पूर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको बताए ।

सांसदले पानी जहाजका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै त्यसबारे जिज्ञासा राखेका थिए। मन्त्री महासेठले बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याइएको जानकारी गराए । उनले ९१ प्रतिशत भन्दा बढी पुराना क्रमागत योजनाहरूलाई नै प्राथमिकता दिएकाले नयाँ योजना धेरै नभएको स्पष्ट पारे ।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै

उनले अन्य क्षेत्रगत रुपमा निर्माण रोकिएका सडक र पुल निर्माणको कामलाई यथासंभव छिटो सम्पन्न गराउने तर्फ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे । पुराना आयोजना छुटेका भए जानकारी अनुसार समावेश गरिने प्रतिवद्धता पनि उनले जनाए ।

Maruti Cement