वर्षा लागेसँगै सरुवा रोगको संक्रमण बढ्दै

Prabhu Bank

काठमाडौं । बर्षायाम सुरु भएसंगै अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या बढेको छ । भाइरल ज्वरो, झाडापखाला, हैजा, हेपाटाइटिस, डेंगु मलेरिया जस्ता रोग वर्षायाममा प्रकोप कै रुपमा देखिने गरेको छ । अन्य समय भन्दा बर्षायाममा बर्सेनी बिरामीको संख्या बढ्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

Saftey Pads

बढ्दो तापक्रम र वर्षायाम भाइरस र ब्याक्टेरियाका लागी उपयुक्त मौसम हो । त्यसैले पनि यस्ता संक्रमणको आक्रमण बढ्ने गरेको चिकित्सकहरुको भनाइ छ । आर्थिक बर्ष २०७४–७५ मा झाडापखाला, हैजा, जन्डिस हेपाटाइटिस ए, इ, टाइफाइड र लामखुट्टेको टोकाईबाट सर्ने रोग हरु प्रकोप कै रुपमा देखियो । त्यस मध्ये झाडापखाला र हैजाबाट ३ जनाको ज्यान गएको थियो ।

अन्य सम्बन्धित समाचार:  बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

गत बर्ष सप्तरीमा झाडापखाला प्रकोपकै रुपमा देखिएको थियो । १९३ जनालाई झाडापखाला लागेकोमा ३ जनामा हैजाको जीवाणु पुष्टी भएको थियो । मुगुमा मात्र ३ सय जनालाई एकैपटक मलेरिया भएको थियो । यसरी वर्षायाममा धेरै रोगहरु महामारी कै रुपमा देखिंदै आएको छ । वर्षायाममा रोगी बढ्नुको कारण पिउने पानी मुख्य कारक रहेको बिशेषज्ञहरु बताउछन् ।
वर्षायाममा लाग्ने रोगहरुः
–झाडापखाला
–टाइफाइड
–हैजा
–हेपाटाइटिस ‘ए’ ‘इ’
–मलेरिया÷डेंगु
–लेप्टोस्पाइरोसिस
–भाइरल इन्फेक्सन फ्लू
बच्ने उपायहरुः
–सफा पानीको प्रयोग गर्ने पानी उमालेर मात्र पिउने
–घर वरपरका पानी जम्ने खाल्डाखुल्डी पुर्ने
–सफा स्वाच्छ खाना खाने
–खुल्ला भाँडोमा पानी राख्न हुँदैन
–बासी खानेकुरा नखानुहोस्
–ढलका पाइपहरु भरिएको छ कि छैन विचार गर्नुपर्छ
–सरसफाई बिशेष ध्यान दिने
वर्षायाममा धेरैलाई पानी र हावाबाट फैलने रोगहरु लाग्ने गर्छ । पिउनेपानी शुद्द नभए ६० भन्दा बढी रोग लाग्ने बिज्ञहरु बताउछन् ।

अन्य सम्बन्धित समाचार:  अबदेखि आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने
Maruti Cement