विराटनगर महिला फुटबलको सेमिफाइनलमा प्रवेश

Prabhu Bank

काठमाडौं । राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा सोमवार भएको समूह चरणको अन्तिम खेलमा विराटनगरले विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Saftey Pads

यो खेलसँगै उक्त प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । विराटनगरसँगै चौदण्डीगढी, वालिङ र बाह्रबिसे नगरपालिका सेमिफाइनलमा पुगेका छन् । विराटनगरको जीतमा राष्ट्रिय टोलीका सदस्य रेखा पौडेल, इमा राई र सावित्री मगरले एक(एक गोल गरे । पराजित विदुरका लागि भने अनु लामा र तारा थिङले एक(एक गोल फर्काए ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: दिल्लीलाई शीर्ष स्थानमा उक्लने अवसर

जीतसँगै समूह डीबाट तीन खेल खेलेको विराटनगरले तीनै खेलमा अपराजित रहँदै शीर्ष नौ अङ्क जोडेको छ । यता पराजित विदुर नगरपालिका छ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो । भोलिदेखि हुने सेमिफाइनल खेलमा विराटनगरले चौदण्डीगढी नगरपालिकाको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनलमा वालिङ र बाह्रबिसे नगरपालिकाबीच खेल हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला समितिद्धारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ ।

Maruti Cement