नेपाल जलश्रोतमा दोश्रो धनी देश होइनः ऊर्जामन्त्री

Prabhu Bank

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विश्वमा जलश्रोतमा नेपाल दोश्रो धनी भन्ने कुरामा सत्यता नरहेको धारणा राखेका छन् । सोमबार संसदमा बोल्दै मन्त्री पुनले नेपाल जलश्रोतमा विश्वकै धनी रहेको कुरा झुटो रहेको बताएका हुन् ।

Saftey Pads

‘माननीय सदस्यहरुलाई म दुईवटा जानकारी दिन्छु, विश्वमा हामी जलश्रोतमा दोश्रो धनी भन्ने गर्छौं त्यो सत्यता होइन । अरु देशहरु नै छन् । त्यसैगरी मुलुकभर ६ हजार नदीनाला भनिएकोमा हाम्रो प्रारम्भिक अध्ययनले २३ हजार नदीनाला रहेको देखिएको छ,’ संसदमा बोल्दै मन्त्री पुनले भने ।

हाल सबै नदी बेसिनहरुको अध्ययनको काम भईरहेको र दुई वर्ष्भित्रै टुङ्ग्याईने लक्ष्य रहेको उनको भनाई छ । यो अध्ययनपछि नेपालमा जलश्रोतको वास्तविक अवस्था थाहा हुने उनको भनाइ छ । बाग्मती र पश्चिम सेतीको बेसिन प्लान सम्पन्न भईसकेको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु
Maruti Cement