‘लैबरी सिङगिङ स्टार’को चौथो संस्करण हुँदै

Prabhu Bank

काठमाण्डौ । बालबालिका केन्द्रित गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चौथो संस्करण हुने भएको छ । आयोजक सनसाइन प्रोडक्शन हाउसले प्रतियोगिताका लागि नुवाकोट, धादिङमा र काठमाडौंमा अडिसन सम्पन्न गरिसकेको हो ।

Saftey Pads

आगामी अडिसनहरु चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४ गते हुने जानकारी आयोजकले दिएको छ । दुई अडिसन सम्पन्न भए लगत्तै नयाँ शहरहरुको अडिसन मिति तय हुने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास विकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को आयोजना गरेको उनको तर्क छ । ‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहने छन् । प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछन् ।

Maruti Cement