नगरपालिकाले दुई छोरी मात्र जन्माउने दम्पतीलाई पुरस्कृत गर्ने

Prabhu Bank

काठमाण्डौ । कमलामाई नगरपालिका सिन्धुलीले आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रममा नगरपालिकाले दुई छोरी मात्र जन्माउने नगरभित्रका दम्पत्तिलाई पुरस्कृत गर्ने भएको हो । छोरी जन्मेकै वा जन्माएकै कारण गरिने उपेक्षालाई हटाउनका लागि उक्त कार्यक्रम ल्याएको कमलामाई नगरपालिकाले जनाएको छ ।

Saftey Pads

यस्तै कमलामाई नगरपालिका भित्रका सबै संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गरिने कार्यक्रम नगरपालिकाले लिएको छ । हिंसामा परेका महिलाहरुको सुरक्षाका लागि सेभ हाउसको व्यवस्था गरिने पनि उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्था र सुत्केरी भएका महिलालाई घर लानका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ भने महिलाद्वारा सञ्चालित कृषि, घरेलु, लघु उद्यम, पर्यटन तथा अन्य व्यवसायमा विशेष कर छुटको व्यवस्था गरिने नीति कमलामाई नगरपालिकाले लिएको छ ।

सोमबारदेखि सुरु भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले नगर क्षेत्रभित्र बालविवाह न्युनिकरणका लागि आवश्यक नीति बनाएर काम गर्ने उल्लेख गरेका छन । बालहिंसा, बालश्रम र बालविवाह विरुद्ध आवश्यक नीति बनाईन उक्त कार्यक्रममा उल्लेख गरेका हुन् ।

अनलाइनबाट कर संकलन
कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक वर्षबाट सबै वडामा अनलाइन सेवा सुरु गर्ने भएको छ । अनलाईन प्रणालीलाई व्यवस्थित गरि कर संकलन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै राजस्वमा दायरा वृद्धि गरिने, सबै वडा कार्यालय तथा नगरपालिकाका मातहतका कार्यालयमा वडापत्र राखिने व्यवस्था गरिने नगरपालिकाले नीति लिएको छ ।

अन्य सम्बन्धित समाचार:  देशभर चिसो बढ्दै

सबै विद्यालय प्रविधिमैत्री
नगरका सबै विद्यालय प्र्र्विधिमैत्री बनाइने नगरपालिकाले नीति लिएको छ । नगरका सबै माध्यामिक विद्यालयमा द्रुत गतिको इन्टरनेट सुविधा र सेवा सुविधा प्रविधीमैत्री बनाउने नगरको नयाँ नीति छ । यस्तै शैक्षिक सुधारका लागि प्रत्येक वडालाई शैक्षिक हवका रुपमा विकास गर्ने नीति लिएको छ । यस्तै अवको २ वर्ष्भित्रमा भुकम्पले भत्काएका विद्यालय भवनको पुनः निर्माण गरिने भएको छ । ‘विद्यार्थी ल्याउँ, टिकाउँ र सिकाउँ’को नीतिलाई अवलम्बन गरिने छ भने कमलामाई नगरपालिकामा सूचिकृत मजदुरका छोराछोरीको तथ्यांक संकलन गरि आवश्यक शैक्षिक सहयोगको व्यवस्था गर्ने नगरको नीति रहेको छ ।

स्वास्थ्य
सबै वडामा शहरी स्वास्थ्य क्लिनिक र वर्थिङ सेन्टरको व्यवस्था गर्ने, नगर क्षेत्रका स्वास्थ्य संस्थामा निशुल्क औषधि र आवश्यक उपकरणको व्यवस्था गरिने, सबै वडामा निशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिने, मोतिया विन्दु र पाठेघरका रोगीको निशुल्क अप्रेशनको व्यवस्था गर्ने, औषधि पसल तथा नीजि क्लिनिकको नियमित अनुगमन गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

सडक
नगरभित्रका सबै वडामा मोटरबाटो पु(याइने, नगरभित्रका सडकको प्राथमिकताका आधारमा कालोपत्रे गरिने, स्थानीय, ग्रामीण र कृषि सडक स्तरोन्नती गरिने, नगरभित्रका सडकको नियमित मर्मत गरिने, नाला सहितको सडक व्यवस्थापन, विभिन्न सडकको डिपिआर निर्माण लगायतका काम नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

अन्य सम्बन्धित समाचार:  तातोपानी नाका पुन: सञ्चालनमा

एक वडा एक खेल मैदान
कमलामाई नगरपालिकाले आगामी वर्षमा एक वडा एक खेल मैदानको व्यवस्था गर्ने भएको छ । सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा नगर क्षेत्रका खेल मैदानलाई व्यवस्थित गरिने र हरेक वडामा एक खेल मैदानको व्यवस्था गर्ने उल्लेख गरिएको हो । त्यस्तै नगरपालिकाले नगरभित्र विभिन्न खेल प्रतियोगितालाई निरन्तरता दिने भएको छ । यस्तै जिल्लामा रहेका राष्ट्रिय खेलाडीहरुलाई सम्मान प्रात्साहन हुने कार्यक्रम पनि ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिउको छ ।

तीनवर्ष भित्र खानेपानी
नगरपालिकाले ३ वर्ष्भित्र नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने भएको छ । खानेपानीको गुरुयोजना बनाई नगरवासीलाई खानेपानीको पहुँचमा पु¥याइने भएको हो । यस्तै सिंचाई, सडकको गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै नगरपालिकाले भु–उपयोग नीति बनाई जमिनको व्यवस्थापन, खरले छाएका घरको अन्त्य, सिन्धुलीगढी र नगरक्षेत्रका कमलामाई, कालीमाई, सिद्धवावा, भद्रकाली लगाएतका धार्मिक स्थलको भौतिक विकास गरि पर्यटनलाई प्राथमिकता दिने, पर्यटनलाई मध्यनजर गरि आसपासका क्षेत्रमा रिसोर्ट सञ्चालन गर्न सहजीकरण गर्ने कार्यक्रम ल्याएको छ ।

सञ्चार
एकसय वाट सम्मको रेडियो दर्ताका लागि काम अगाडि बढाउने, स्थानीय सञ्चारमाध्यमलाई व्यवस्थित र उत्तरदायी बनाउन पहल गर्ने नीति पनि नगरपालिकाले लिएको छ । यस्तै विद्युतिय अभिलेखिीकरण, सूचनालाई व्यवस्थित गर्ने पनि नगरपालिकाले नीति लिएको छ ।

Maruti Cement