१६ दिनपछि जोमसोममा विमान उडान सुरु

Prabhu Bank

काठमाण्डौ । मुस्ताङ जिल्लाको एकमात्र विमानस्थल करिब १६ दिनपछि सुचारु भएको छ । बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै विमानस्थल अन्तर्गतको धावनमार्ग कालोपत्रेको काम सुरु भएको थियो । विमानस्थल आवश्यक मर्मत सुधार र कालोपत्रे गर्ने गरी काम अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

Saftey Pads

आयोजना प्रमुख इन्जिनीयर कृष्णप्रसाद पौडेलका अनुसार विमानस्थल कालेपत्रेको लागि ९ करोड १२ लाख ६८ हजार लागतमा निर्माण गरिएको थियो । एपेक्स कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको धावनमार्ग कालोपत्रे सँगसँगै कालीगण्डकी नदि नियन्त्रणको लागि तटबन्ध निर्माण, धावनमार्ग आसपास ढल निर्माण र टेक्सिवय लगायतका कामहरू भएको उनले बताए ।

पौडेलले भने ‘हामीले तोकिएको समयभन्दा ४ दिन अघिनै कालोपत्रेको काम समाप्त गरेका छौं।’ आगामी अशोज महिनाभित्र सबै निर्माणका कामहरु सक्नुपर्ने भएता पनि ४ महिना अघि नै सम्पूर्ण काम समाप्त भएको उनले बताए । करिब ८ सय १५ मिटर लामो धावनमार्गलाई आवश्यक सुधार सँगसँगै करिब २ सय १५ मिटर दक्षिण पश्चिम् पट्टीको भुभागलाइ स्लो डाउन गर्ने काम भएको समेत उनले बताएको छ ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन

१६ दिनपछि सोमबार जोमसोम विमानस्थलमा करिब १७ ओटा उडान भएको छ । तारा एयरलाइन्सले १२ ओटा र समिट एयरलाइन्सले ५ ओटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जोमसोमका प्रमुख भानुभक्त कोइरालाले बताए । उनका अनुसार स्थानीय व्यवसायीलालाई नै विशेष मध्यनजर गरेर विमानस्थल मर्मत कार्य चाँडैनै सम्पन्न भएको हो, उनका अनुसार अब भोलिदेखि नियमित उडान हुनेछ । धावनमार्ग कालोपत्रेको काम सबै सकिएको भए पनि थप मार्किङ लगायतको काम केही प्रतिशत मात्र बाँकी भएको कोइरालाले बताएका हुन् ।

धावनमार्गलाइ कालोपत्रे गरेपश्चात अब आम सर्वसाधारण जनताले सहज रुपमा सेवा पाउने भएको छ । केही दिन असहज वातावरण भएतापनी अब भने नियमित उडानले स्थानीय जनतलाई थप टेवा पुग्ने भएको छ । अब दोस्रो र तेस्रो मुलुकका पर्यटनहरु मात्र नभै आन्तरिक पर्यटनक तथा स्थानीय जनतालाइ समेत विशेष् प्राथमिकतामा राखिने कोइरालाले बताए ।
उनले भने ,’खासमा स्थानीय जनताकै लागि भनेर यति धेरै मेहनत गरेका हौं ।’ स्थानीय होटल व्यवसायी मात्र नभइ अन्य व्यवसायीलाइ समेत ध्यानमा राखेर विमानस्थल निर्माण कार्य अगाडि बढाएको उनले जिकिर गरे । भोलिदेखिनै नियमित हुडानमा जिलाबासिलाई नै बढी प्राथमिकता राख्ने भएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

नियमित उडान हुनेभएपछि मुस्ताङ जिल्लाका सबै व्यवसायीहरु खुसी भएका छन् । उनीहरु भन्छन्,’अब भने मुस्ताङमा चहलपहल हुन्छ ।’ सदरमुकाम जोमसोमका होटल व्यवसायी तृष्णा शेरचनले अब नियमित उडान हुनेभएपछि सदरमुकाम आसपासका क्षेत्रहरूमा चहलपहल हुनेछ । सबैभन्दा बढी भारतीय पर्यटकहरु मुस्ताङ घुम्न आउने भएकोले पनि उनीहरूसँग व्यवसायमा सहज वातावरण हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुन्य भैरहेको अवस्थामा अब भने केही फरकपन आउने बताइएको छ ।
करिब १५ दिन भन्दा बढी सदरमुकाम आसपासका स्थानहरूमा सुनसान थियो । अब भने आम व्यवसायीहरु आफ्नो काम सम्हाल्नतर्फ लागेका छन् । जोमसोम विमानस्थल आवस्यक सुधारसँगसँगै समग्र मुस्ताङ जिल्लाले नयाँपन पाउने भएको छ ।

Maruti Cement