सरकारले मजदूरको पक्षमा काम गर्नुपर्छः नेता नेपाल

Prabhu Bank

काठमाण्डौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले मजदूरको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताएका छन्।

Saftey Pads

नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले सरकारले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

‘दुई तिहाइ मतसहितको कम्युनिस्ट नेतृत्वको सरकारले मजदूरको पक्षमा दृढतापूर्वक काम गर्नुपर्छ’, उनले भने । उनले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन्। यातायात मजदूरलाई यात्रुको सुरक्षामा सर्तकता अपनाउन उनले सुझाव दिए।

अन्य सम्बन्धित समाचार:  दाङमा भैँसीले हान्दा मालिकको मृत्यु
Maruti Cement