यूवतीमाथि सामूहिक बलात्कार, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ

Prabhu Bank

काठमाडौं

Saftey Pads

रुपन्देहीमा दुई यूवतीमाथि सामूहिक बलात्कार भएको समाचार बाहिरिएको छ ।

गैडहवा गाउँपालिकाका दुई यूवतीलाई गत २ अषाढमाको राती यूवाको समूहले बलात्कार गरेको समाचार बाहिर आएको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले घटना बाहिर ल्याउन ढिलाई भएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिका संयोजकसमेत रहेका गैडहवा गाउँपालिका ८ का जीवन ज्ञवालीलाई पक्राउ परेका छन् ।

अन्य आरोपीहरू फरार रहेका इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए । प्रहरीका अनुसार फरार रहेका आरोपी विष्णु थारुले गत २ अषाढको साँझ ती यूवतीलाई खाजा खानका लागि बोलाएको र अन्य दुई यूवासँग मिलेर बलात्कार गर्न खोज्दा एक यूवती भागेकी खुलेको छ ।

अन्य सम्बन्धित समाचार:  खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

तर भागेकी यूवतीले गुहार माग्दा हसनापुर गाउँका स्थानीय जीवन ज्ञवालीसहित चार जनाले सहयोग नगरी उल्टै उनीमाथि पनि बलात्कार गरेका पीडितलाई उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुर बरालले बताए ।

Maruti Cement