एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस्

Prabhu Bank

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७५ को एसइईको नतिजा प्रकाशसनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बताए ।

Saftey Pads

उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ, प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएका परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ ।

परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ । २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु

 

Maruti Cement