सिन्धुलीमा कार दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

Prabhu Bank

काठमाण्डौ । सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा कार दुर्घटना हुँदा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको हो ।

Saftey Pads

कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

विपी राजमार्गअन्तर्गत खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको बा१३च ३७९३ नम्बरको कार गएराति आफैं अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  आजदेखि सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था खुले
Maruti Cement