फिल्म ‘एकलव्य’को पहिलो गीत ‘पूर्वै चल्न्या रेल’ बजारमा

Prabhu Bank

काठमाण्डौ । फिल्म ‘एकलव्य’को पहिलो गीतसार्वजनिक भएको छ । १० साउनबाट प्रदर्शनमा आउने फिल्म ‘एकलव्य’को ‘पूर्वै चल्न्या रेल बोलको गीत बजारमा आएको हो । गायक रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत रहेको छ ।

Saftey Pads

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा एकसय बढी कोरस प्रयोग गरिएको छ । अनमोल शर्माको निर्देशन रहेको फिल्म पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको हो । फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनको अभिनय रहेको छ ।

‘एकलव्य’लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ । राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन फिल्ममा रहेको छ । निर्माण युनिट अहिले फिल्मको प्रचारमा जोड तोडले लागि परेको छ ।

भिडियो हेर्नुहोस

Maruti Cement