बन्दका कारण देशभरको जनजीवन प्रभावित

Prabhu Bank

काठमाडौं । आफ्ना नेताको हत्याको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा भने बन्दको प्रभाव तुलनात्मक रुपमा कम परेको छ ।
कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयको टाइम बम विस्फोट गरिएको छ ।

Saftey Pads

कपिलवस्तुको शिवराज नगरपालिका–५ समिति चोकस्थित पूर्व पश्चिम राजमार्गदेखि चन्द्रौटादेखि गोरुसिङ्गे सडक खण्डमा वम विस्फोट भएको छ । प्रहरीका अनुसार चितवन रामपुरस्थित सहिद बहुमुखि क्याम्पसको जंगलमा सिलिण्डर वम विस्फोट भएको छ ।

प्रहरीका अनुसार देशभरबाट विस्फोट र शंकास्पद वस्तु राखेको विवरण आउने क्रम जारी छ । यस्तै झापाको भद्रपुर नगरपालिकाको कार्यालय परिसरभित्र आरसीआइडी नामक बम प्रहरीले डिस्पोज गरेको छ ।

अन्य सम्बन्धित समाचार:  आइतबार महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

देशभर कहाँ के भयो ? विस्तृतमा

 

 

Maruti Cement