कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा

Prabhu Bank

काठमाण्डौ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह ‘सी’ का अन्तिम २ खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो । मंगलबार विहान जापान र इक्वेइडरले १(१ को बराबरी खेल्दा उरुग्वेले चिलीलाई १० ले हरायो ।

Saftey Pads

समूह ‘ए’ बाट ३ खेलबाट ७ अंक जोड्दै ब्राजिल समूह विजेता र भेनेजुएल ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम ८ मा पुगे । समूह ‘बी’ बाट तीनै खेलमा विजयी कोलम्बिया ९ अंक जोडेर विजेता र ३ खेलबाट ४ अंक जोडेर अर्जे्न्टिना उपविजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरे ।

समूह ‘सी’ मा उरुग्वे ३ खेलबाट ७ अंक जोड्दै विजेता र चिली ३ खेलबाट ६ अंक जोडेर उपविजेता बने । समूहमा तेस्रो बनेका तीन टिम मध्ये २ टिम अन्तिम ८ मा पुग्ने प्रावधान थियो। जसमा समूह ‘ए’ मा ४ अंक जोडेको पेरु र समूह ‘बी’ मा २ अंक जोडेको पाराग्वे भाग्यमानी ठहरिए । समूह ‘सी’ मा २ अंक जोडेको जापान भने गोलअन्तरमा पछि पर्यो। पाराग्वेको (१ गोलअन्तर हुँदा जापानको (४ गोलअन्तर थियो ।

अन्य सम्बन्धित समाचार:  बैंगलोरलाई हराउँदै मुम्बई प्ले अफ नजिक

क्वार्टरफाइनल खेल
ब्राजिल भर्सेस पाराग्वे ( शुक्रबार विहान सवा ६ बजे
भेनेजुएला भर्सेस अर्जे्न्टिना ( शुक्रबार मध्यरात पौने १ बजे
कोलम्बिया भर्सेस चिली ( शनिबार विहान पौने ५ बजे
उरुग्वे भर्सेस पेरु ( शनिबार मध्य रात पौने १ बजे

Maruti Cement