सबै वडामा स्वास्थ्य संस्था स्थापना हुन्छः मन्त्री यादव

Prabhu Bank

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भइरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदहरुले उठाएका जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न वर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाइरहेको बताएका हुन् ।

Saftey Pads

उनले वडावडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी गरे । नेपाललगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तीव्र गतिमा बढ्दै गइरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निःशुल्क गराएको र किड्नी ट्रान्सपलान्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकाबाट ६ दिनमा डेढ लाख बाहिरिए

त्यसैगरी क्यान्सर लगायतका ८ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पनि स्पष्ट पारे । उनले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानुनी व्यवस्था नभएको स्पष्ट पारे । उनले भने, “विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान पछि छैन, व्यवस्था पनि छैन । विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागु भइसकेको कुरा निवेदन गर्न चाहन्छु ।”

उपचारका लागि विदेश जाने प्रचलन देखिएको भएपनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि सम्भव भएको भन्दै उनले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गरे । सांसदहरुले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठुलो रकम खर्च भएको भन्दै सांसदहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन
Maruti Cement