गायिका अन्जु पन्तको आज जन्मदिन, गीत रेकर्ड गरेर मनाइन्

Prabhu Bank

काठमाडौं । चर्चित गायिका अन्जु पन्तले मंगलबार आफ्नो जन्मदिन मनाएकी छिन् । पन्तले आफ्नो नियमित काम गीत रेकर्ड गरेर जन्मदिन मनाएकी हुन् । मंगलवार एप्लस स्टुडियोमा भेटिएकी अञ्जु गीत रेकडिङको तयारीमा थिइन् ।

Saftey Pads

‘तीनवटा जति गीत आज रेकर्ड गर्ने कार्यक्रम रहेको छ ।’ उनले भनिन् । रेकडिङ स्टुडियोमै उनका केही शुभचिन्तकहरु केक लिएर पुगेका थिए । राती १२ वजे उनलाई परिवारका सदस्यले विषेश केक ल्याएर वीस गरेका थिए ।

परिवारका सबैजना जम्मा भएर केक काट्दा रमाईलो अनुभुति भएको उनको भनाई थियो । जन्मदिनको अवसरमा स्कुले वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आएकी अञ्जु तीन दिनपछि तराई जाने भएकी छिन् । ‘तराईका वालवालिकालाई शैक्षिक सामग्री र लत्ता कपडा बाँड्ने योजना बनाएको छु । पर्सि तिर जान्छु ।’ उनले भनिन् ।

Maruti Cement