संसद बैठकको शून्य समयमा ‘गलबन्दी च्यातियो’

Prabhu Bank

काठमाडौं

Saftey Pads

संसद बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षन गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बिमला नेपालीले गृह मन्त्रालयले एकपछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधै समस्या देखिने गरेकाले दीर्घकालीन समाधानका लागि नागरिकता सम्बन्धी विधेयक तत्काल सदनको छलफलमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद बिमला बिकले प्रकाश सपूत र शान्ति श्री परियारको गाएको गलबन्दी च्यातियो तिमीले तानेर भन्ने गीत बाँझियो भनी दावी गर्ने शम्भू राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गर्ने काम भएको भन्दै कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गरे ।

सांसद महेश्वर जंग गहतराज अथक प्रकाश सपुत र शान्ति श्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भईरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गरे ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला

सांसद मिन बहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारिक कठिनाई भएको भन्दै यो व्यवस्था तत्काल खारेज गर्न माग गरे ।

सांसद मिना सुब्बाले केही दिन देखि राजधानीमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना बढेको र यसले महिला जगतमा त्रास फैलिएको भन्दै यस घटनालाई गम्भीर रुपमा लिई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मैना कुमारी भण्डारीले राजधानीका वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सरकारले अघि सारेको स्वास्थ्य विमा अन्तर्गतको उपचार हुने व्यवस्था गर्न माग गरे ।

सांसद यज्ञ बहादुर बोगटीले गएराती अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ नन्दवहादुर कडायतको घरमा रहेको वडा कार्यालयमा विप्लब आगजनी गरेको, ढकारी गाउपालिका वडा नम्बर ५ को वडा कार्यालय पनि आजगनी भएको भन्दै दोषी माथि कडा कारावाही गर्दै निजी घरमा भएको क्षतिको क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला

सांसद यज्ञराज सुनुवार संघीय शिक्षा ऐन आउन ढिलाई हुनु र यस बीचमा तीनै तहको सरकारको समन्वयको अभाव हुँदा सिंगो शिक्षा क्षेत्र नै प्रभावित हुन सक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद राजबहादुर बुढा क्षेत्रीले गत बैशाख २२ र २४ गतेको असिना बर्षाले दैलेखमा अन्नबाली क्षति भएको र त्यसको अहिले सम्म राहत उपलब्ध नगराईएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद रामकुमारी झाक्रीले पहुँचवालाले विमा सहित सरकारबाट पनि क्षतिपूर्ति लिने प्रचलन देखिएको भन्दै विमा नीति र क्षतिपुर्ति सम्बन्धी मापदण्ड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।

Maruti Cement