अरुण दोभानसम्मको तटीय क्षेत्रमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

Prabhu Bank

काठमाडौँ । संखुवासभा भएर बहने सभाखोला जलाधार क्षेत्रमा पछिल्लो समय ठूलो वर्षा भई हाल पानिको बहाबले सतर्कता तह पार गरेको छ । सभाखोलाको अरुण दोभान सम्मको तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले रेड अलर्ड गरेको छ ।

Saftey Pads

यसबाहेक विहान ७ बजे मापन गरिएको नदी तथा खोलाहरुमा भने बहाव सतर्कता तह भन्दा मुनी रहेको जनाएको छ ।
त्यस्तै आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाब सामान्य रहने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । तर कोसी, नारायणी, पश्चिम राप्ति र कर्णाली नदीको पहाडी क्षेत्रका साना शाखा नदीहरुमा आज राति आकस्मिक बहाब बढ्न सक्ने अनुमान गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  ऐतिहासिक अमरगढी किल्लाभित्र कोतघर निर्माण

ती नदीहरुका तटिय क्षेत्रमा सजक रहना बाढी पूर्वानुमान महाशाखाजे जनाएको छ । त्यस्तै आज देशको मध्य र पश्चिमी भागहरुमा आंशिक देखि सामान्य बदली, पुर्वका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Maruti Cement