राप्ती ब्यूरो सदस्यसहित विप्लव समूहका ७ कार्यकर्ता प्रहरी नियन्त्रणमा

Prabhu Bank

काठमाडौं । बन्द गराउँदै हिँडेका विप्लव समूहका ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार बिहान विप्लवको पर्चा पम्प्लेट लिएर हिँडेको बा २ ज नम्बरको ट्याक्सीका चालक ३७ वर्षका भागीराज राई, कास्कीमा विवश भनिने विनोद सोनाम, पश्चिम रुकुममा राप्ती ब्यूरो सदस्य ४१ वर्षका गम्भीर सोपाली, जिल्ला उपाध्यक्ष २२ वर्षका विवेक विक, २६ वर्षका छविलाल घर्ती मगर र ३१ वर्षका दीर्घराज मगरातलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

Saftey Pads

यस्तै मकवानपुरमा पनि १ जना पक्राउ परेका छन् । देशभरमा २० ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । ९ ठाउँमा होक्स (विभिन्न कपडाहरू राखेर तर्साउन प्रयोग गरिएका झोला), ३ ठाउँमा ग्यास सिलिण्डर, २ ठाउँमा सकेट बम, ४ ठाउँमा प्रेसर कुकर र अर्घाखाँचीमा सुतली बम फेला पारेको प्रवक्ता डीआईजी पोखरेलले बताए ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला
Maruti Cement