भरतपुरमा मतपत्र च्यात्ने न्यौपाने र शिवाकोटी नेकपाको जिल्ला सदस्य

Prabhu Bank

काठमाडौं । स्थानीय तहको निर्वाचनमा मतपत्र च्यातिएको घटनामा कसुरदार ठहर भएका मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराएका छन् । न्यौपाने र शिवाकोटी लगायत १५५ जना सदस्यलाई सोमबार अध्यक्ष दाहाल दाहालले सपथ ग्रहण गराएका हुन् ।

Saftey Pads

नेकपाको जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेबाट ८० र तत्कालीन माओवादी केन्द्रबाट ७५ जना समावेश छन् ।
३१ बैसाख २०७४ मा सम्पन्न पहिलो चरण स्थानिय निर्वाचनमा अन्तर्गत भरतपुर महानगरपालिकामा मतपत्र गणनाका क्रममा मतपत्र च्यातिएको थियो ।

मतगणना स्थलमा तत्कालीन माओवादी प्रतिनिधिको रुपमा बसेका न्यौपाने र शिवाकोटीले महानगरको वडा नम्बर १९ को मतपत्र च्यातेपछि सो वडामा पुनः निर्वाचन भएको थियो । मतपत्र च्यातिनुअघि सार्वजनिक परिणाममा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ७ सयभन्दा बढी मतले पछि परेकी थिइन् । उनलाई तत्कालीन एमालेका उम्मेद्वार देवी ज्ञवालीले जित्ने निश्चित थियो । रेणुले हार्ने विश्लेषण भइरहेको समयमा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि वडा नम्बर १९ मा साउन २० मा पुनः निर्वाचन भएको थियो ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका
Maruti Cement