भारतमा बस दुर्घटना, ६ जनाको मृत्यु ४५ घाइते

Prabhu Bank

काठमाण्डौ । भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । मङ्गलबार एक गहिराइमा बस खसेर दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ ।

Saftey Pads

दुर्घटना भएको सो स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ । घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा हैदरावादसित दिल्ली पराजित
Maruti Cement