विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित तीनजना पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला जनपरिषद प्रमुखसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । परिषद प्रमुख अशोक राई, कार्यकर्ता कंश धिमाल र केन्द्रलाल धिमाललाई पक्राउ गरेको हो । मोरङ प्रहरीले उनीहरूका घरबाट ५ वटा बन्दुक समेत बरामद गरेको छ । पक्राउ परेका दुईजनाको घरमा खानतलासी गर्दा ५ थान बन्दुक बरामद भएको पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।

Saftey Pads

विभिन्न व्यक्ति तथा संघसंस्थालाई डर देखाएर चन्दा असुली गर्ने गिरोहका व्यक्ति मोटरसाइकलमा जाँदै गरेको सूचनाका आधारमा पक्राउ गरी उनीहरूको घरमा तलासी लिइएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । मोरङ बेलबारी ३ स्कुलडाँडाबाट को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार सुन्दर हरैंचा १२ का अशोक राई (४०) र कानेपोखरी ६ का कंश धिमाल (३४) लाई प्रहरीले पक्राउ गरेको थियो ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा दसैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन हुने

प्रहरीका अनुसार, २०६६ मा उर्लाबारीस्थित सुनचाँदी पसल र झापा दमकको लक्ष्मी ब्याङ्क लुटपाटमा संलग्न रहेको पाइएपछि राईले ७ वर्ष कारावास सजाय भोगेका थिए । आइतबार बेलुका तलासी लिंदा धिमालको घरबाट अटोमेटिक पेस्तोल २ थान, ४ म्याग्जिन र १४ वटा गोली फेला परेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट प्राप्त सूचनाका आधारमा सोमबार दिउँसो उर्लाबारी २ सालबारीका केन्द्रलाल धिमाल (४८) को घरबाट ३ थान भरुवा बन्दुक, बारुद, छर्रा बरामद गरिएको प्रहरीले बताएको छ । तीनमध्ये एक बन्दुक लोड गरिएको अवस्थामा रहेको डीएसपी श्रेष्ठले बताएका छन् । उनीहरूलाई जिल्ला अदालत मोरङबाट मुलुकी हातहतियार ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

अन्य सम्बन्धित समाचार:  खुट्टा छिनालेको आरोपमा ३३ पक्राउ
Maruti Cement