रौतहटमा गाडी दुर्घटना हुँदा ६ प्रहरीसहित ११ घाइते

काठमाडौं

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना हुँदा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना १ झ ५३८९ नम्बरको प्रहरीको गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुर भन्ने ठाउँमा गाडी दुर्घटना भएको हो । घाइतेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवाको अवस्था गम्भीर रहेको बर्ताइएको छ । घाइतेहरु केहीलाई चन्द्रपुर अस्पतालमा लगिएको छ भने, केहीलाई वीरगंज लगिएको प्रहरीले जनाएको छ । बाँकी ३ जना थुनुवाहरूको भने परिचय खुल्न सकेको छैन ।

गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताईएको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी