प्रदेश र स्थानीय तहलाई प्रयाप्त अधिकार दिईएको छः मन्त्री पण्डित

Prabhu Bank

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दाबी गरेका छन् । प्रदेश र स्थानीय तहलाइ पर्याप्त अधिकार दिइएको उल्लेख गर्दै त्यसको भरपुर उपयोग गर्न पनि सचेत गराएका हुन् ।

Saftey Pads

मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री उनले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको पनि बताए । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्नसमेत आग्रह गरेका छन् ।

संविधानले तीनवटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो । मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको दाबी गरे ।

अन्य सम्बन्धित समाचार:  असई विक र प्रहरी जवान साउदको हत्यामा संलग्न सात सार्वजनिक
Maruti Cement