२५ हजार घुस लिने अधिकृत पक्राऊ

Prabhu Bank

काठमाडौं । शिक्षक सरुवामा घुस लिने अधिकृत पक्राऊ परेका छन् । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर वलीले सरुवाका लागि भनी लिएको घुस रकम सहित पक्राऊ परेका हुन् ।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस रकम मागेको सूचनाका आधारमा अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई रङ्गेहात पक्राऊ गरेको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अन्य सम्बन्धित समाचार:  पहिरोपीडितको व्यथा: त्रिपालभित्र जमरा राखेर दशैँ
Maruti Cement