वर्षाका कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाईनलमा

Prabhu Bank

काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्ध भएको छ । महेन्द्रनगरस्थित खुला मैदान मंगलबार हुने तय भएको सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको हो। वर्षाको कारण भिजेको मैदान नसुक्दा खेल हुन नसकेको हो ।

Saftey Pads

हिलाम्मे मैदानको कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश फाइनलमा पुगेको छ । सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको हो। सुदुरपश्चिम समूह ’ए’ को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको थियो भने प्रदेश २ समूह्य बी को उपविजेता बनेको थियो ।

प्रतियोगिताको नियम अनुसार समूहमा विजेता बन्ने टोली फाइनल पुग्ने थियो । राखेको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन्। यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५र१५ हजार पाउनेछ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा आज पन्जाबलाई कोलकातासँग बदला लिने सुनाैलो अवसर
Maruti Cement