क्षयरोगका बिरामीको संख्यामा बृद्धि

Prabhu Bank

काठमाडौं । नेपालमा क्षयरोगका बिरामीको संख्यामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७५–०७६ अन्तिमसम्ममा ४५ हजार क्षयरोगका बिरामी भेटिएका हु्न् । आर्थिक वर्ष २०७४–०७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएका थिए । नेपालमा भएको क्षयरोग निवारण कार्यक्रमको विषयमा विज्ञहरुले गरेको एक अध्ययन तथा अनुगमन रिर्पोटले क्षयरोग उपचारका लागि दक्ष जनशक्ति, प्रयोगशालाको अभाव र जनचेतनाको अभावका कारण क्षयरोगका बिरामी बढ्दै गएको देखाएको छ ।

Saftey Pads

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४६ जिल्लामा मात्रै क्षयरोगको विषयमा विद्युतीय रिपोर्टिङ गरिएको उक्त रिर्पोटले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दै गएकाले सोको निवारण गर्न चुनौति रहेको बताए ।

अन्य सम्बन्धित समाचार:  खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु

उनले क्षयरोग निवारणको लागि पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्रथामिकता दिनुका साथै दुर्गमका जिल्लाका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउनुपर्ने बताए । सरकारले सन् २०३५ भित्र नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ । तर विज्ञहरुले यसरी नै क्षयरोगका विरामी हरेक वर्ष बढ्दै जाने हो भने सरकारलाई चुनौतिको विषय बनेको बताएका छन् ।

Maruti Cement