३ वटा विधेयक संसदमा प्रस्तुत

Prabhu Bank

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटसँग सम्बन्धित विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौं) संशोधन २०७६ पेस गरेका हुन् ।

Saftey Pads

अर्थमन्त्रीले तीनवटै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो । त्यसैगरी बैठकले अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई वहुमतले पारित गरेको छ ।

विनियोजन विधेयक अन्र्तगत विभिन्न शीर्षकमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक वहुमतले पारित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते शुक्रबार ४ बजेका लागि बोलाइएको छ ।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु
Maruti Cement