प्रचण्डको दावीः विप्लवसँग मप्रति कुनै घृणा छैन

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को मनमा आफुप्रति कुनै किसिमको घृणा नभएको दावी गरेका छन् ।

मंगलबार भरतपुर महानगरपालिकाको चौंथो नगरसभाको उद्घाटन गर्दै उनले देशको नेतृत्वकर्ताका हिसाबले विप्लवसँग  आफुप्रति कुनै किसिमको घृणा नभएको बताएका हुन् ।

आफुले विप्लवलाई नजिकबाट चिनेको बताउँदै उनले भने,‘शान्तिकालमा आउँदा उहाँ मेरो कार्यालयको मुख्यसचिव भएर काम गर्नुभयो । त्यसैले म उहाँलाई नजिकबाट चिन्छु ।”

विगतलाई सम्झिदैँ अध्यक्ष प्रचण्डले विप्लवले कहिलेकाहीँ आफुसँग मार्मिक कुरा गर्ने पनि बताए । एक मिटिङमा विप्लवले आफ्नो समेत दिमाग खलबलिने कुरा गरेको सुनाए, ‘उहाँले के भन्नु भयो भने, कमरेड तपाईले काठमाडौँ त लिएर आउनु भयो । तर, मलाई अनुभूति के भयो भने, नुवाकोटको भर्खरकि एउटी तामाङनी केटीलाई काठमाडौँ लगेर म बिहे गर्छु भनेर मुम्बइ पुर्याएजस्तो फिल भयो ।’

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी

अध्यक्ष प्रचण्डले माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याएर आफुले कसैलाई नझुक्याएको र राम्रो गरेको दावी गरे ।

उनले आफुले विप्लव मुलधारमा आउने संकेत पाएको दावी समेत गरे ।

Maruti Cement