त्रियुगा नगरका शैक्षिक संस्था ३ दिनका लागी बन्द

Prabhu Bank

काठमाण्डौ । अत्याधिक गर्मीका कारण उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्था तीन दिनका लागि बिदा गरिएको छ। सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाको बैठकले बुधबारदेखि लागु हुने गरी तीन दिनका लागि शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

Saftey Pads

पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरू विद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाको समस्यालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।

एक हप्ता यता ४४ डिग्रीसम्म तापक्रम बढेपछि विद्यार्थी विद्यालयमै बेहोस हुन थालेका थिए । नगरपालिकाको शिक्षा ईकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको छ ।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्
Maruti Cement