‘अब सह्य हुदैन’ – खानेपानि मन्त्री बिना मगर

Prabhu Bank

काठमाण्डौ । खानेपानी मन्त्री विना मगरले विकासको काममा कुनै पनि अवरोध स्वीकार्य नहुने बताएकी छिन् । कञ्चनपुरको बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मंगलबार खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताएकी हुन् ।

Saftey Pads

उनले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरिन् । विकासको कार्यमा अवरोध र्पुयाउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उनको भनाइ थियो ।

उनले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिईन् ।

अन्य सम्बन्धित समाचार:  निर्मला पन्त हत्याका पुराना फाइल पुनः पल्टाउँदै प्रहरी
Maruti Cement