खानेपानीमन्त्री मगरलाई कालो झण्डा देखाउनेमाथि निर्घात कुटपिट

Prabhu Bank

काठमाडौं

Saftey Pads

खानेपानीमन्त्री बिना मगरलाई कालो झण्डा देखाएको भन्दै नेपाली कांग्रेसका कायकर्तामाथि नेकपाका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् ।

मन्त्री मगरलाई कालोझण्डा देखाएको भन्दै नेकपाका कार्यकर्ताले कांग्रेस क्षेत्र नं १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का र विक्रम चन्दमाथि कुटपिट गरेका हुन् ।

मंगलबार कञ्चनपुरको बेलौरी पुर्नवासको नगर परिषद्मा सहभागी जाने क्रममा मन्त्री मगरलाई डौकी बजारमा कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए । उनीहरुले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको र जनताका काममा ध्यान नदिएको भन्दै कालो झण्डा देखाएका थिए ।

कुटपिटबाट घाइते तीनै जनाको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ: फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल
Maruti Cement