यसरी घटाउन सकिन्छ, मुटु रोगको जोखिम

Prabhu Bank

काठमाण्डौं। पछिल्ला वर्षहरूमा हाम्रो देशमा मुटु रोगीहरूको सङ्ख्या बढिरहेको छ। मुटु मानव शरीरको सबै भन्दा संवेदनशील अङ्ग हो, त्यसैले स्वस्थ जीवनका लागि मुटु स्वस्थ राख्न जरुरी छ। आम पाठकलाई मुटु स्वस्थ राख्ने उपायबारे जानकारी दिने उद्देश्यले हामीले मुटु स्वस्थ राख्ने केही उपायहरूको बारेमा यहाँ चर्चा गरेका छौ। यो सामाग्री मुटु स्वास्थ्यका जानकारहरू र स्वास्थ्य सम्बन्धी केही जर्नलबाट सङ्कलन गरि तयार पारिएको हो।

Saftey Pads

तपाईँहरू पनि आफ्नो मुटु स्वस्थ राख्न यी उपायहरू अपनाउनुहोस्।

१. धूम्रपान गर्न छोड्नुहोस्ः
धूम्रपान मुटुका लागि मात्र नभई समग्र मानव स्वास्थ्यका लागि नै हानिकारक छ। धूम्रपान त्याग गरेमा कुनै पनि मानिस लामो समयसम्म बाँच्न सक्छ । धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुना हृदयघात हुने सम्भावना हुन्छ । तर, यदि तपाईंमा पिउने आदत छ भने चुरोट पिउन छोडेको दिनदेखि नै हृदयघातको खतरा कम हुन्छ ।

२. खानामा नुनको मात्रा कम गर्नुहोस्ः
अत्यधिक नुनले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरू असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने खतरा हुन्छ । नुनिलो, आलु चिप्स, बदाम, प्याकेटमा राखिएको सुप र सस, टोम्याटो सस, फ्राइ गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु सकभर नखानुहोस् । ब्रेकफास्टमा प्रयोग हुने ब्रेडमा हेर्दा स्वस्थ देखिए पनि अत्यधिक नुन राखिएको हुनाले यसको उपभोग गर्दा विशेष ख्याल गर्नुहोस् ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिए: ३ हजार ३३६ जना घर फर्के

३. डाइटको ख्याल गर्नुहोस्ः
स्वस्थ डाइटले मुटुको रोग लाग्ने खतरा न्यून हुनुका साथै हृदयघात भएपछि पनि बाँच्ने सम्भावना बढी नै हुन्छ । पर्याप्त ताजा फलफूल र सागसब्जी, कार्बोहाइड्रेटयुक्त गेडागुडी, पास्तालगायत सन्तुलित भोजन खाने गर्नुहोस् । बिस्कुट, केक र डेरीबाट उत्पादित चिल्ला र गुलियो खानेकुरा कहिल्यै नखानुहोस् ।

४. मदिराको पिउन बन्द गर्नुहोस्ः
अत्यधिक रक्सीको मात्राले मुटुको मांसपेशीलाई हानी र उच्च रक्तचाप बढाउनुका साथै अस्वाभाविक रुपमा तौल बढ्न सक्छ । अत्यधिक मदिरा सेवनले हृदयघातको अत्यधिक खतरा भएकाले पिउने आदतलाई तत्काल बन्द गर्नु फाइदाजनक हुन्छ।

५. सदा सक्रिय रहनुहोस्ः
मुटु पनि एउटा मांसपेशी भएकाले यसलाई तन्दुरुस्त राख्न मुटुलाई पनि व्यायामको आवश्यकता पर्छ, ताकि हरेक मुटुको धड्कनमा यसले स्वस्थ रगत शरीरभरि फैलाउन सकोस् । दिनमा कम्तीमा ३० मिनेट औसत दरको व्यायाम गर्नहोस् । तन्दुरुस्तीले शारीरिक स्वास्थ्य मात्र होइन, यसले मानसिक स्वास्थ्य र समृद्धि बनाउँछ ।

६. आफ्नो तौल ख्याल गर्नुहोस्ः
अत्यधिक मोटोपन भएका मानिसमा चिल्लो पदार्थ पनि अधिक हुने भएकाले उनीहरुमा औसत मानिसमा भन्दा ५ गुना बढी मुटु र चिनी रोग हुने सम्भावना हुन्छ । यदि तपाईंमा पनि मोटोपनको समस्या छ भने आजैदेखि तौल घटाउने उपायहरू अबलम्बन गर्नुहोस र  मुटुरोगबाट बच्नुहोस् ।

अन्य सम्बन्धित समाचार:  बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

७. रक्तचाप र कोलस्ट्रोलको मात्रा नियमित परीक्षण गर्नुहोस्ः
जति तपाईमा उच्च रक्तचाप छ, त्यति नै आयु घट्ने सम्भावना हुन्छ । उच्च रक्तचाप भएका मानिसहरुमा हृदयघातको बढी खतरा हुन्छ । सन्तृप्त चिल्लोबाट कलेजोले उत्पन्न गरेको रगतमा कोलस्ट्रोलको मात्र अधिक भएमा मुटुका धमनीमा चिल्लो बढ्नुका साथै ह्दयघात लगायतका मुटु रोग लाग्न सक्छ । कोलस्ट्रोलको तह घटाउन नियमित व्यायम र भोजनमा ख्यान गर्नुपर्छ । उच्च फाईबरयुक्त खानाहरु जस्तै गहुँको ढिडो, गेडागुडी, बदाम, फलफुल र सागपातको नियमित भोजनले कोलस्ट्रोलको मात्रा घटाउछ ।

८. तनाबबाट मुक्त हुनुहोसः
तपाई धुम्रपान र मद्यपान गर्नुहुन्न र आफ्नो खानपान पनि सन्तुलित बनाईराख्नु भएको छ भनेपनि तपाईको जीवनमा तनाब छ भने कुनै न कुनै रुपमा मुटुमा समस्या हुन्छ । तसर्थ, ध्यान, व्यायाम गरेर तनाबरहित जीवन जीउनुहोस ।

९.वंशाणुगत रोगको पहिचान गर्नुहोस्ः
कतिपय रोग वंशाणुगत हुन्छन् । आफ्नो परिबारका कोहीलाई उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोग लागेको छ भने तपाइलाई पनि यसको बढी खतरा हुन सक्छ ।

यी उपायहरुलाई अपनाउँदा पनि तपाईमा मुटु रोगको जोखिम निकै कम हुन्छ। मुटु स्वस्थ राखौं, स्वस्थ बनौ।

Maruti Cement