एसईई नजिता आज आउँदै

Prabhu Bank

काठमाडौं

Saftey Pads

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा बुधबार (आज) प्रकाशन गर्ने भएको छ ।

नतिजा अपरान्ह प्रकाशन गर्ने तयारी भएपनि प्राविधिक कारणबस् केही समय ढिलाई हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताएका छन् ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागी थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

त्यसका लागि परीक्षाफल प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा एसएमएस गर्नु पर्ने छ ।

यस्तै अनलाइनमार्फत नेपाल टेलिकमको (नतिजा प्रकाशित) साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement