कामपाले गर्यो सम्पत्ति करको दर सार्वजनिक(सूची सहित)

Prabhu Bank

काठमाडौं

Saftey Pads

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घर तथा जग्गा हुनेले वार्षिक रुपमा महानगरलाई भुक्तानी गर्नुपर्ने सम्पत्ति करको दर सार्वजनिक गरेको छ ।

मंगलबार सम्पन्न महानगरको पाँचौ‌ नगरसभामा नयाँ आर्थिक वर्षको बजेट तथा राजश्व र आर्थिक विधेयक प्रस्तुत गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो दर प्रस्ताव गरेका हुन् ।

महानगर नगरसभाले मेयर शाक्यले प्रस्ताव गरेको उक्त आर्थिक विधेयक पारित गरेपछि नयाँ आवदेखि सो दर लागू हुने बताईएको छ । महानगरले प्रस्ताव गरेको सम्पत्ति करमा सम्पत्तिको मूल्यअनुसार प्रगतिशील कर प्रस्ताव गरिएको छ ।

त्यस्तो मूल्य जग्गाको मूल्याङ्कन अनुसार हुने र जग्गाको मूल्याङ्कन ठाउँअनुसार फरकफरक हुने व्यवस्था भएको महानगरले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  आज काठमाडाैं उपत्यकामा १ हजार ६१५ जनामा कोरोना संक्रमण

महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्रको लोकेशन र घरले छोएको बाटो चौडाको आधारमा जग्गाको प्रतिआना मूल्य तोकेको छ सोही दरअनुसार जग्गाको कूल मूल्याङ्कन हुनेछ । यस्तो दर महानगरले प्रतिआना अधिकतम ५० लाख रुपैंयासम्म तोकेको छ ।

त्यस्तै, घरको प्रकार र बनौटअनुसार भवनको मूल्य प्रतिवर्गफिटका आधारमा निर्धारण गरिएको छ, जसको ह्रासकट्टि दर र ह्रासकट्टि गर्ने समयसमेत महानगरपालिकाले तोकिदिएको छ । सो दरअनुसार भवनको समेत मूल्याङ्कन गरी कुल सम्पत्ति मूल्याङ्कन गरिन्छ ।

जग्गा र भवनको कुल सम्पत्ति समेत जोडेर कुल सम्पत्ति करको दर मूल्याङ्कन गरिन्छ ।

सूची हेरेर प्रष्ट हुनुहोस्ः

Maruti Cement