ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ घाइते

Prabhu Bank

काठमाण्डौ । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थिको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधवार चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा दुर्घटना भएको हो ।

Saftey Pads

दुर्घटनामा चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउँद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउँदको मृत्युभएको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए ।

ट्रयाक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन् । अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग
Maruti Cement