अष्ट्रेलियामा आगलागीबाट तीन बालबालिकाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित एक घरमा आगलागी हुँदा तीन जना बालबालिकाको डढेर मृत्यु भएको छ । ११ वर्षीय एक किशोरको शव घरभित्र पाइएको र उनका ५ वर्षीया दुई बहिनीलाई घरबाट बाहिर तानिएको भएपनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Saftey Pads

आगलागी कसरी भयो भन्ने बारेमा खुलिनसकेको अधिकारीहरुले बताएका छन् । छिमेकीहरुले अर्की ८ वर्षीया बालिका र ३१ वर्षीया महिलालाई भने उद्धार गरेका थिए ।

ती महिलापनि आगलागीबाट घाइते भएकी छन् । छिमेकीहरुका अनुसार सो घरमा ६ जना मानिस बस्दै आएका थिए । (बीबीसी)

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा जेल सजाय
Maruti Cement