‘सानो मन’को प्रदर्शन मिति परिवर्तन

Prabhu Bank

काठमाडौं । फिल्म ‘सानो मन’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यो वर्षको प्रतीक्षित फिल्म ‘सानो मन’ को प्रदर्शन मिति एक साता पर सरेको हो । यसअघि फिल्मको रिलिज डेट असार २० गते तय गरिएको थियो तर अब असार २७ मा मात्र प्रदर्शन हुने भएको छ । ‘प्राविधिक कारणले फिल्मको रिलिज डेट एक साता पर सारिएको छ । अब हाम्रो फिल्म असार २७ मा रिलिज हुनेछ’, फिल्मका निर्माता राजेन्द्र मानन्धरले भने ।

Saftey Pads

यसअघि ‘सानो मन’ को शीर्ष गीत रिलिज गरिएको छ । फिल्मको कथा बोकेको गीतमा सुयोग सोताङको संगीत रहेको छ । गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्नील शर्माको शब्द छ । गीतले फिल्मका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमभाव बोल्छ । ‘सानो मन’ का निर्देशक सुयोग गुरुङले गीतलाई फिल्ममा कथावाचनको रूपमा प्रयोग गरिएको बताए । युवायुवतीबीच नौलो प्रेम हुँदाको क्षण झल्किने गीत वास्तविकतासँग नजिक रहेको उनको भनाइ छ ।

आयुष्मान र शिल्पाका साथै फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठलगायतका कलाकारको अभिनय छ। ओपीजी फिल्म, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो। सुयोग गुरुङ र मिलन श्रेष्ठ मिलेर फिल्म सम्पादन गरेका छन्।

समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश मित्तल र राजेन्द्र मानन्धर हुन्। ‘सानो मन ठूलो मन लिएर निर्माण गरिएको फिल्म हो,’ फिल्मका मुख्य अभिनेता आयुष्मानले भने । उनले फिल्ममा अमेरिकाबाट फर्केका युवा निर्वाणको भूमिका निर्वाह गरेका छन् । फिल्मकी नायिका शिल्पाले फिल्ममा आफ्नो रोल वास्तविक स्वभावसँग मेल खाने बताएकी छन् । ‘लजालु र अन्तरमुखी स्वभावकी युवतीको भूमिकामा छु’, उनले भनिन् ।

Maruti Cement