बहस हुन जरुरी छः गलबन्दी गायक

Prabhu Bank

काठमाडौं । गायक प्रकाश सपूतको ‘गलबन्दी’ गीतले एक करोड ६३ लाख ७४ हजार बढिको माया पाएको छ । गायक सपूत र शान्ति श्री परियारले गाएको ‘गलबन्दी’ बोलको गीत चर्चा सँगै विवादमा पनि तानिएको छ । ‘गलबन्दी’ गीत आफ्नो देउसीभैलो गीत ‘आऊ नाचौं साथी हो’ सँग मिल्न गएको दाबी गर्दै गायक शम्भु राईले क्षतिपूर्ति माग गरे ।

Saftey Pads

अहिले ‘गलबन्दी’ कम्पनी रजिस्ट्रारदेखि सडक हुँदै सदनसम्म पुगेको छ । यति मात्र हैन सामाजिक सञ्जालमा जातीय कुरा उठाइएपछि यो विवाद झनै चुलिएको छ । सामाजिक सञ्जालमा यसै बिषयलाई लिएर अनेक खालका टीकाटिप्पणी भएका छन् । जातीयताको आक्षेप लगाएर सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिप्पणी प्रति संसद्मा समेत कुरा उठ्यो ।

जातीय विवाद र सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले आएका अभिव्यक्तिहरूप्रति गायक राई स्वयम्ले आपत्ति जनाए । गायक राईले मंगलबार लामो फेसबुक स्टाटस लेख्दै उनले गलबन्दी र आऊ नाचौं साथी हो बोलको गीतको लय र भाका मिलेको विषय विशुद्ध प्रतिलिपि अधिकारसँग सम्बन्धित भएको जनाएका छन् । आफूले कानुनी प्रक्रियामार्फत विवाद मिलाउन चाहेकाले यस विषयमा जातीय विभेद देखिने कुरा नगर्न सबैसँग आग्रह गरेका छन्।

 

यसै विषयमा गलबन्दीका गायक प्रकाशले मंगलबार आफ्नो फेसबुकमा स्टाटस लेखे । समयसमयमा यसरी अपत्यारिलो रूपमा समाजमा उठेका विषयमाथि बहस हुन जरुरी रहेको उनले लेखेका छन् । सपूतले नेपालमा गीतसंगीतको औपचारिक रेकर्ड र व्यवसाय सुरु भएको यतिका वर्षसम्म पनि कपीराइटसम्बन्धी स्पस्ट कानुन नहुनुमा दुःख व्यक्त गरे । प्रकाशले जातीयतालाई बहसको विषय बनाएको प्रति भने असन्तुष्टि पोखेका छन् । जातीय विभेदसम्बन्धी अझै ठूलो बहस हुनु जरुरी रहेको उनले लेखेका छन् ।

यस्तै यसै बिषयलाई लिएर दलित एकता सञ्जाल नेपाल अन्तर्रा्ष्ट्रिय समितिकी संयोजक सरु सुनारले महानगरीय प्रहरी परिसर टेकुमा मुद्दा दायर गरेकी छन् । उनले गलबन्दी गीतको विषय र गायक प्रकाश सपूतसँगै सिंगो दलित समुदायलाई नै जातीय विभेदजन्य फेसबुक स्टाटस लेख्नेका विरुद्ध साइबर क्राइम र जातीय भेदभाव तथा छुवाछूत कसुर एजाय ऐनअनुसार मुद्दा दर्ता गरेकी हुन्।

Maruti Cement