मापदण्ड विपरित सडक खन्ने डोजर प्रहरी नियन्त्रणमा

Prabhu Bank

काठमाडौँ । मापदण्ड विपरित सडक खन्ने ४ वटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार सम्म सरकारले तोकेको प्रावधान र मापदण्ड मिचेर चलाइका ४ डोजरको चाबी थुतेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

Saftey Pads

जथाभाबी सडक खन्ने क्रममा रहेका वित्थडचिर गाउँपालिकामा १, दुर्गाथली गाँउपालिकामा २ र तल्कोट गाउँपालिकामा १ गरी ४ वटा डोजर नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए ।

सर्भे डिजाइन बिना जथाभावी डोजर लगाएर निर्माण भएका अधिकांश सडकमा दुर्घटना हुन थालेपछि मापदण्ड बिपरित सडक खन्ने काममा रोक लगाएको उनको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement