मेयरलाई गाली गर्ने युवक पक्राउ

Prabhu Bank

काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई गाली गलौज गरोको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का अजय चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Saftey Pads

श्रीपुरमा रहेको श्रीपुर विद्यापिठ विद्यालयमा बुधबार बिहान विद्युतीय हाजिरी प्रणाली र सीसीटिभी क्यामेरा जडानको उद्घाटन गर्न गएका मेयर सरावगीलाई चौरसियाले गालीगलौज गरेका थिए ।

पक्राउ परेका चौरसियालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु
Maruti Cement