सुनको मूल्य घट्यो

Prabhu Bank

काठमाण्डौ । अघिल्लो दिन प्रतितोला ६५ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने घटेको छ। यस दिन प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य घटेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Saftey Pads

अन्तर्रा्ष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ।

जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अमेरिका र इरानबीचको द्वन्द्वका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्रा्ष्ट्रिय बजारमा बढेको हो।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा दोहोरो अङ्कको वृद्धि
Maruti Cement