पाँचथरमा पहिरो खस्यो, दर्जनौं परिवार विस्थापित

Prabhu Bank

काठमाण्डौ । अविरल बर्षाका कारण पाँचथरको याङवरक गाँउपालिकामा पहिरो गएको छ । पालिकाको २ नम्बर स्थित फलैँचाको चिङ्मा, बेतेनी, मुक्लाबुङ र धिमालेमा पहिरो गएको हो । पहिरोका कारण दर्जनौं घरपरिवार विस्थापित भएका छन् ।

Saftey Pads

गएराति १ बजेदेखि पहिरो जान सुरु भएको थियो । स्थानीय डिल्ली ओलीका अनुसार पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको छ । राईको घरमा भएका पशु चौपायहरु समेत पहिरोले पुरेका। घटनास्थलमा खटिएका असई जिवन कार्कीले जानकारी दिए ।

पहिरोका कारण तीनवटा टोलका मानिसहरु विस्थापित भएको बताइएको छ । घटनास्थलमा सीमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौकी फलैँचाको प्रहरी टोली खटिएको छ ।

अन्य सम्बन्धित समाचार:  गृह मन्त्रालय भन्छ- सङ्कटकाल वा कर्फ्यु लाग्ने कुरा तथ्यहीन
Maruti Cement