ओली र प्रचण्डबीच छलफल

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

Saftey Pads

छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका विषयमा कुरा भएको बालुवाटार स्रोतले बताएको छ । गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए।

त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि आज दुई अध्यक्षबीच परामर्श भएको हो । पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहेका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा

उनले अहिले सरकारभन्दा पनि पार्टी अध्यक्षको हैसियतमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । यस्तै प्रचण्डले पनि आफूनिकट नेताहरूसँग पार्टी्भित्रै अबको आफूहरूको भूमिका कस्तो रहने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

Maruti Cement