विप्लवका कार्यकर्ताद्वारा गाउँपालिका कार्यालयमा आगजनी

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा आगजनी गरेका छन् । चन्द समुहका कार्यकर्ताले मंगलबार राति १ बजेतिरको समयमा गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् ।

Saftey Pads

आगजनीबाट असारे चटारोका भुक्त्तानि हुनै लागेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । आगजनीबाट साढे तिन करोडसम्मको क्षति भएको गाउँपालिका उपाध्यक्ष मनशोभा वुढाले बताइन् । उनले मंगलबार राति नै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी कागजात नष्ट गरेको जानकारी दिइन् ।

कुमालगास्थित गाउँपालिका भवनभित्र रहेका महत्त्वपूर्ण कागजातसहित दराज, टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन जलेर नष्ट भएका छन् । गाउँपालिकाको २२ लाख मूल्यको सोलार पनि जलेर नष्ट भएको छ ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई

राति १ बजेको समयमा चन्द कार्यकर्ताले पेट्रोल छर्किएर आगजनी गरेको कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले बताए ।

Maruti Cement