प्रहरीको गाडी दुर्घटना, आठ जना घाइते, एकको अबस्था गम्भीर

Prabhu Bank

काठमाण्डौ । संघीय प्रहरी इकाइ कार्यालय काभ्रे (बागमती)को गाडी काभ्रेपलाञ्चोकको पनौतीमा दुर्घटना हुँदा आठ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गाडी काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाको खड्गो भन्ने स्थानमा दुर्घटना भएको हो ।

Saftey Pads

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका प्रहरी हवल्दार बलराम तामाङको अवस्था चिन्ताजनक रहेको छ । उनलाइ धुलिखेल अस्पतालले थप उपचारका लागि काठमाडौं ‘रिफर’ गरेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बुधबार बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएका एक स्थानीय युवाको विषयलाई लिएर विवाद बढेपछि थप मद्दतका लागि २१ जनाको टोली काभ्रेबाट गएको थियो ।

अन्य सम्बन्धित समाचार:  तेह्रथुम: करेन्ट लागेर मृत्यु
Maruti Cement